{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1632183400073","origin":"gallery","fte_sources":[],"used_sources":"{"version":1,"sources":[{"id":"286918218015900","type":"premium"}]}","source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1632183400084","premium_sources":["286918218015900"],"is_remix":false}

टोकियो/जापान । जापानी जुम्ल्याहा दिदी बहिनीको नाम, विश्वकै सबैभन्दा धेरै वर्ष जिवित रहने ( लामो आयु भएका) जुम्ल्याहा दिदी बहिनीको रुपमा गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

सुमियामा उमेनो र कोदामा कोउमे १०७ वर्ष ३०० दिन जिबित रहेको रेकर्ड सहित विश्वकै लामो आयु प्राप्त जिबित जुम्ल्याहाको रुपमा रेकर्ड कायम गर्न सफल भएका हुन् । उनिहरु दुबै जना सन १९१३ को नोभेम्बर ५ मा जन्मिएका थिए ।

उनिहरुको यो रेकर्ड कायम भएको कुरा, हिजो( सेप्टेम्बर २० )तारिख यानेकी जापानको वृद्ध/वृध्दा दिवसको दिन सार्वजनिक गरिएको हो । जापानमा विश्वमै धेरै वृद्ध/वृद्धाहरु भएको मुलुकको अग्रपंक्तीमा छ । यहाँ १०० वर्षभन्दा माथि उमेरका मानिसहरु ८५ हजार भन्दा बढी छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार