{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1632284732175","origin":"unknown","fte_sources":[],"used_sources":"{"sources":[{"type":"premium","id":"286918218015900"}],"version":1}","premium_sources":["286918218015900"],"is_remix":false}

टोकियो/जापान । जापानको राजधानी टोकियो वास्तवमै विविधायुक्त सहर हो । यहाँ धार्मिक, सांस्कृति तथा ऐतिहासिक विविधता त छँदै छ संगै भौतिक निर्माणहरुको पनि गज्जबको विविधता देख्न र महशुस गर्न पाईन्छ ।

आज, टोकियो स्थित केहि अग्ला र ठूला भवनहरुको छतमा रहेको बगैचा ( गार्डेन)हरुकोबारे जानकारी गराउने प्रयास गर्दैछौँ।टोकियो जापानको अत्यन्तै धेरै जनघनत्व भएको सहर हो । यहाँको जमिन मात्रै होईन जमिनमुनि पनि भौतिक विकास गर्ने ठाउँ बाँकी छैन । सबै जसो ठाउँहरुको पूर्ण प्रयोग भईसकेका छन् । यसै क्रममा केहि सहरहरुमा केहि अग्ला/ठूला बिल्डिङका डिजायनरहरुले छतमा बगैँचाको डिजायन गरेका छन् । जो टोकियोबासीहरुको लागि लोकप्रिय पनि बनेको छ ।
१.ओमोहारा फरेस्ट
टोकियोको ओमेतेसान्डोमा रहेको तोक्यु प्लाजाको छैटौँ तल्लामा रहेको ओमोहारा फरेस्ट निकै नै लोकप्रिय र आकर्षक छ । यो तलको तस्बिरमा देखाईए जस्तै हरियाली वातावरण र बस्नका लागि राखिएका काठका टेबलहरुले व्यस्थ सहरको छैटौँ तलामा छौँ भन्ने महसुश नै हुँदैन ।

२.गिन्जा सिक्स गार्डेन
यो गिन्जा सिक्स नामको सपिङ मलको छतमा रहेको ४ हजार वर्गमिटरमा फैलिएको बगैचा हो । यहाँ सिजनल फूलहरुका बोट/बिरुवाहरु तथा काठबाट बनेका स सना जापानी मन्दिरहरु पनि छन् ।

३.मियासिता पार्क
यो पार्क छतमा बनेको छ भन्ने कुरा पत्तै हुन्न । पुर्णरुपमा जमिनमै बनेको जस्तो देखिन्छ । नजिकै रहेको स्टारबक्स( कफि सप) बाट कफि लिएर यो पार्कमा आनन्द लिन सकिन्छ ।

४.सिबुया पार्को रुफटप पार्क
यो पनि सिबुया पार्को नामक व्यवसायिक भवनको छतमा निर्माण गरिएको आकर्षक पार्क हो । सिवुया पार्को सिवुया क्षेत्रको यो परिचित व्यवसायिक भवन हो ।

 

टोकियोभित्र यस्ता अन्य थुप्रै स्थानहरु छन्। ति ठाउँहरुबारे बिस्तारै जानकारी गराउँदै जानेछौ। हामीलाई फ्लो गर्दै,गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार