{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1632449870786","origin":"gallery","fte_sources":[],"used_sources":"{"version":1,"sources":[{"type":"premium","id":"286918218015900"}]}","premium_sources":["286918218015900"],"is_remix":false}

टोकियो/जापान । आगमी अक्टोबर महिना, टोकियो महानगरबासीहरुको रेलयात्रा करिब २ दिन असहज हुने भएको छ ।

जेआर यामानोते लाईनको रेलसेवा आगमी अक्टोबर २३ र २४ तारिख मर्मत/सम्भारका लागि केहि स्थानहरुमा स्थगन गरिनेछ । जसका कारण टोकियोका बासिन्दाहरुको यात्रा प्रभावित हुनेछन् । महानगरको २३ वटै वडालाई परिक्रमा गरि संचान हुने यामानोते ट्रेन लाईन, महानगरबासीहरुको मुख्य सार्वजनिक सवारी हो ।

जेआर यामानोतेले जनाए अनुसार, अक्टोबर २३ र २४ तारिख – ईकेबुकुरो, मेजिरो,ताकादानोबाबा,सिनओकुबो, सिन्जुकु,योयोगी, हाराजुकु, सिबुया,एबुसु,मेगुरो,गोतान्दा र ओसाकी स्टेसनका प्रयोगकर्ताहरुमा असर पर्नेछ । यद्यपी यो यामानोतेको लाईनमा समस्या हुने भएता पनि सोहि स्टेसन हुँदै पार हुने सोनान सिन्जुकु लाईन,सोतेचु लाईन र रिंकाई लाईन भने नियमितरुपमै गुडने छन् । त्यसैले ति स्टेसनहरुसम्मको यात्रा यि रेलहरुबाट पनि गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार