टोकियो/जापान । मंगलबार बिहान उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाईल प्रहार गरेको, आशंका सहित जापानी संचार माध्यमहरु प्रकाशित समाचार वास्तविक पुष्टि भएको छ । यसले जापान तथा दक्षिण कोरियालाई तनाव बढाईदिएको छ ।
एक पछि अर्को व्यालेस्टिक मिसाईल( क्षेप्यास्त्र ) परीक्षण गरिरहेको उत्तर कोरियाले आफूले मङ्गलवार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ।ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणाली मध्ये एक भएको त्यहाँका सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।
उनीहरूले नयाँ क्षेप्यास्त्र ‘रणनीतिक हतियार’ भएको जनाएका छन्। जस अन्तर्गत साधारणतया आणविक क्षमताका हतियारहरू भन्ने बुझिन्छ।मङ्गलवारको परीक्षणले कडा प्रतिबन्धका बीच पनि प्योङयाङ अस्त्र विकास र निर्माणको कामलाई निरन्तरता दिएको थप सङ्केत गरेको छ।”यो हतियार प्रणालीको विकासले हरेक कोणबाट देशको आत्मरक्षा क्षमतालाई थप वृद्धि गरेको छ,” उत्तर कोरियाको सरकारी मुखपत्र कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।
यो उत्तर कोरियामा एकै महिनाभित्र भएको तेस्रो क्षेप्यास्त्र परीक्षण हो। यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।
उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ। त्यसअघि पनि उसले बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।
हाइपरसोनिक क्षेप्यास्त्र के हो
साधारण क्षेप्यास्त्र भन्दा हाइपरसोनिक क्षेप्यास्त्रले तीव्र र थप लक्ष्य भेदन गर्न सक्ने क्षमताका हुने भएकाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न कठिन हुने समाचार संस्था एएफपीले जनाएको छ।
परीक्षणबाट यो ‘क्षेप्यास्त्रको गन्तव्यमा नियन्त्रण स्थिरता’ को पुष्टि गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उल्लेख गरेको छ।
उत्तर कोरिया विश्लेषक अङ्कित पान्डा अहिले नै उक्त क्षेप्यास्त्रको क्षमताबारे विस्तृत विवरणहरू पाउन कठिन भएको बताउँछन्।उनका अनुसार यसले परम्परागत प्रविधिमा आधारित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको निम्ति नयाँ चुनौती खडा गरेको अनुमान गर्न सकिन्छ।
पान्डाले नयाँ हतियारमा पहिलो पटक सानो भाँडोबाट क्षेप्यास्त्रमा इन्धन भर्ने प्रविधि प्रयोग भएको देखिएको उल्लेख गर्दै यसलाई ‘महत्त्वपूर्ण कोशे ढुङ्गा’ भनेका छन्।
कोरिया टाइम्सका अनुसार इन्धन लागि प्रयोग भएको नयाँ प्रविधिले क्षेप्यास्त्र प्रहार गर्न लाग्ने समय निकै कम गर्नुका साथै हतियारलाई जुनसुकै समयमा पनि प्रहारका लागि तयार राख्न मद्दत गर्ने उल्लेख गरेको छ।पान्डा उत्तर कोरियाली लामो दूरीका क्षेप्यास्त्रहरूलाई यसले बढी प्रभावकारी बनाउने बताउँछन्।
राष्ट्रपति किमले सन् २०२१ को जनुवारीमा महिनामा नै हाइपरसोनिक हतियार प्रणाली विकसित गर्ने अनुसन्धान सकिएको घोषणा गरेका थिए।
स्रोत ः बिबिसी नेपाली
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




