{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1633141705398","origin":"unknown","fte_sources":[],"used_sources":"{"version":1,"sources":[]}","premium_sources":[],"is_remix":false}

टोकियो/जापान । नेपाल पत्रकार महासंघ जापान शाखाले एनआरएनए जापानको निर्वाचन सम्बन्धमा असन्तुष्ट पक्षहरुले आईसिसीलाई दिएको निबेदनमा उल्लेखित शब्दप्रती आपत्ति जनाएको छ ।

महासघ जापान शाखाका अध्यक्ष मोहन घलेले एक विज्ञप्ती जारी गर्दै केही दिन अघी प्रकाशित समाचारको बिषयलाई लिएर आईसिसीमा दिएको निबेदनमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाएका हुन ।

‘समाजका अगुवाहरुलेनै संचार माध्यम र पत्रकारलाई लक्षित गरी समाजको कलंक जस्ता शब्द प्रयोग गर्नु निन्दनिय काम हो’ विज्ञप्तीमा भनिएको छ ’सम्बन्धित पक्षलाई यस्ता कार्य नदोहोर्‍याउन र सार्वजनिक रुपमा माफी माग्न आग्रह गर्दछौ ।’

केहिदिन अघि एनआरएनए जापानको खाता नम्बर १३४३१५६१ बाट करिब २ करोड ५० लाख यन गायब भएको बिषयमा समाचार प्रकाशन भएको थियो । तत्कालिन कोषाध्यक्ष कालिका थापाले जुलाई महिनामा ओसाकामा भएको अधिबेसनको बन्दशत्रमा पेश गरेको आर्थिक प्रतिबेदनमा माथि उक्त खाता नम्बरमा २ करोड ४७ लाख ७५ हजार ९६३ यन मौजदात रहेको उल्लेख गरेकी छिन् ।

निर्वाचन प्रक्रियाप्रति असन्तुष्टी जनाउदै उनले नयाँ कार्यसमितिलाई कुनै पनि कागजपत्र बुझाएकी छैनन् । उनले नयाँ कार्य समितिलाई नबुझाएको उक्त खाता नम्बरबाट आफुखुसी रकम झिकेको नयाँ कार्य समितिले जनाएको छ ।

असन्तुष्ट पक्षधरहरुले आईसिसिलाई लेखेको पत्रमा रकम अर्कै खातामा स्थानतरण गरिएको बताए पनि कुन खाता के कति रकम स्थानतरण गरिएको हो त्यस्को कुनै प्रमाण पेश नगरेको आईसिसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार