टोकियो/जापान । जापानका नवनिर्वाचित प्रधानमन्त्री किशिदा फुमिओले आफ्नो कार्यभार सम्हालेपछि पहिलो पटक स्वास्थ्य क्षेत्रका सम्बन्धित व्यक्तिहरुसंग भेटघाट गरेका छन् ।

शनिबार टोकियो महानगरको सुमिदा वार्डमा रहेको एक अस्पत्तालमा प्रत्यक्ष अवलोकन तथा वास्तविकता बुझ्न पुगेका प्रधानमन्त्री किशिदाले स्वास्थ्यकर्मीहरुसंगको कुराकानीमा कोभिड -१९ का बिरामीहरुका लागि आवश्यक स्वास्थ्य प्रणाली सुदृ्ढिकरणमा लाग्ने अभिव्यक्ति दिएका छन् । कोभिड महामारीमा आकस्मिक उपाचार गराउनुपर्ने बिरामीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुविधा पर्याप्त मात्रामा उपलब्ध गराउन आफु लागि पर्ने बताएका हुन् । उनले कोभिड १९ को महामारीको समयमा स्वास्थ्य क्षेत्रमा कृयाशील व्यक्तिहरुले उल्लेख्य भूमिका निभाएको बताउँदै कतिपय स्थानहरुमा पर्याप्त सेवा/सुविधा र उत्प्रेरणा प्राप्त हुननसक्दा थुप्रै स्वास्थ्य कर्मीहरुले जागिर छोडेको उल्लेख गर्दै उनिहरुलाई पुनः फर्काउने वातावरण बनाउनु आवश्यक रहेको पनि उल्लेख गरेका थिए ।

श्रमिकहरुको आय उकास्न आफु लागि पर्ने बताउँदै आएका प्रधानमन्त्री किशिदाले सबैभन्दा पहिले यतिखेरको अत्यन्तै अग्रपंक्तीमा रहेर काम गरिरहेको स्वास्थ्य क्षेत्रलाई सम्बोधन गरेका हुन् । उनले स्वास्थ्य क्षेत्र सुधारको लागि आवश्यक प्याकेजका कार्यक्रमहरु ल्याउनेतर्फ पनि संकेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार