{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1633996779032","origin":"gallery","fte_sources":[],"used_premium_tools":false,"used_sources":"{"sources":[],"version":1}","premium_sources":[],"is_remix":false}

टोकियो/जापान । जापानको नयाँ प्रधानमन्त्री किशिदा फुमिओले कोभिड १९ महामारीबाट प्रभावितहरुलाई नगद लाभको महशुस गराउन चाहेको बताएका छन् ।

प्रधानमन्त्री किशिदाले एक टेलिभिजन कार्यक्रममा बोल्ले क्रममा कोरोना भाईरस महामारीबाट अर्थतन्त्रमा परेको असर कम गर्ने उपायहरु स्वरुप नगद राहतलाई कार्यन्वयन गराउन चाहन्छु । उनले यस अघि कोमेईतो पार्टीका नेताहरुले गरेको प्रस्ताव अनुसारनै नगद लाभ वितरण गर्नेतर्फ सोच रहेको बताउँदै वास्तविकरुपमा कसरी वितरण गर्ने भन्ने बारे विस्तृत अध्ययन गरेर निर्णय लिने बताएका हुन् ।

१८ वर्षसम्मका बालबालिकाहरुलाई १० मान( १ लाख येन)का दरले उपलब्ध गराउने तर्फ सरकार सकारात्मक रहेको किशिदाले संकेत गरेका छन् । उनले उक्त कार्यक्रममा गोटु ट्राभल क्याम्पेन लगायतका अर्थतन्त्र गतिशील बनाउने गतिविधिहरुको पुनःसंचालन गर्नेतर्फ पनि ध्यानाकर्षण भएको बताएका छन् । यद्यपी यस्ता कार्यक्रमहरु संचालन गर्दा भने कोभिड १९ संक्रमण दर, कोभिड खोपको उपलब्धता लगायतका विविध पक्षहरुको अध्ययन पश्चात अघि बढ्नुपर्ने बताएका छने ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार