{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1634012611423","origin":"gallery","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"sources":[{"id":"243173517047900","type":"premium"}],"version":1}","premium_sources":["243173517047900"],"fte_sources":[]}

टोकियो/जापान । जापानको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सुचीमा दर्ज भएको छ। ।

विश्व नागरिकता तथा निवासबारे रेकर्ड राख्ने हेन्ले एण्ड पार्टनर्स नामक संस्थाले प्रकाशन गरेको पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार जापान र सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली पासपोर्टमा पर्न सफल भएका हुन् ।

उक्त रिपोर्टमा जनाईए अनुसार यि मुलुकका पासपोर्ट बाहकहरुले विश्वका १९२ ओटा मुलुकमा निर्वाध यात्रा गर्न सक्नेछन् । यानेकी जापानको पासपोर्टप्रति उच्च विश्वास रहेको देखिन्छ । यो सुचीमा जर्मनी दोस्रो नम्बरमा रहेको छ । जुन पासपोर्टले विश्वका १९० ओटा मुलुकमा सहजै यात्रा गर्न सकिन्छ । यस्तै यस सुचिको तेस्रो नम्बरमा फिनल्याण्ड,ईटाली, स्पेन र अक्जेम्बर्ग रहेका छन् ।

यो सुची कसले कसरी तयार पार्दछ त ?
यो लण्डनमा रहेको कम्पनी हेन्ले एण्ड पार्टनर्स नामक कम्पनीले तयार पार्ने परिसुचक हो । यसले अन्तर्राष्ट्रिय एयर ट्रान्स्पोर्ट एसोसियेशनद्वारा उपलब्ध गराईने ताजा रिपोर्टहरुको विश्लेषण गरि यो सुचक तयार पार्दै आउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार