
टोकियो/जापान । जापान विश्वकै सुरक्षित मुलुकल मध्ये एक हो । यहाँ विश्वका अन्य मुलुकको तुलनामा आपराधिक गतिविधिहरु अत्यन्तै न्युन हुनेगर्दछ । यसो भन्दै गर्दा भुल्न नहुने कुरा यहाँ अपराधिक गतिविधि थोरै घट्ने गर्दछ । तर शुन्य होईन ।
जापानमा, थोरै तर अत्यन्तै अपत्यारिला घटनाहरु घट्ने गर्दछन् ।जस्तै बाटोमा हिँडिरहेके स्कुले बच्चाहरुलाई अन्धाधुन्ध चक्कु प्रहार गर्ने, सामाजिक संजालबाट सम्पर्क गरि घरसम्म बोलाएर हत्या गरि टुक्रा/टुक्रा बनाएर फ्रिजमा हालेर छोड्ने, ट्रेन( रेल) स्टेशन( बिसौनी)हरुमा एसिड प्रहार गर्ने तथा विषालु ग्यास छाड्ने आदि ।

अक्टोबर १५ तारिख टोकियोको उयनोमा २ जना माथी धारिलो हतियार प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिँदै
जापानमा घट्ने यी घट्नाहरुका समाचार पढ्दै गर्दा, म त विदेशी यहाँ मेरो दुष्मन कोही छैन,मलाई त्यस्ता घट्नाहरु घट्ने सम्भावाना नै छैन जस्तो लाग्न पनि सक्छ । तर जापानमा रहने सबैले बुझ्न जरुरी कुरा जापानमा घट्ने यस्ता अपत्यारिला आपराधिक गतिविधिको कुनै उदेश्य नै भेटिने गरेको छैन । किनकि यस्ता अपराधीहरुले कतिपयले प्रयोगका लागि अपराध गरेको बताउँछन् त कतिपयले मानसिक तनाव तथा डिप्रेसनका कारण यस्ता घटना घटाउन पुगेको विवरणहरु सार्वजनिक हुनेगर्दछन् । त्यसैले उनिहरुले कोहि व्यक्ति विशेषलाई भन्दा पनि आफ्नो अगाडी/आसपासमा जो भेट्यो उसैलाई क्षति पुर्याउने गरेको भेटिन्छ ।

अक्टोबर १५ तारिख, उयनो स्टेशनमा धारिलो हतियार प्रहार पछि घाईते भएकाहरुको उद्धार गरिँदै
यस्तै घटना हिजो( अक्टोबर १५ ) जापानको राजधानी टोकियोको अत्यन्तै व्यस्थ मध्ये एक – उयनो स्टेसनको आशाकुसा गेटमा घटेको छ । हिजो दिउँदो ३ बजेतिर एक जना मानिसले सोहि स्टेसन हुँदै यात्रारत २ जना मानिसहरुलाई धारिलो हतियार प्रहार गरि घाईते बनाएका छन् । घटनास्थलमा तत्काल पुगेको प्रहरीले उक्त घटना घटाउने ४५ वर्षिय ( नाम नखुलाईएको ) लाई पक्राउ गरेको छ भने घाईतेहरुलाई उपचारका लागि अस्पत्ताल पुर्याएको छ । घाईते दुवै जना खतरा मुक्त रहेका छन् । यद्यपी यस घटनामा पनि हालसम्म कारण खुल्न सकेके छैन ।
त्यसै, जापान पूर्ण सुरक्षित मुलुक हो भनेर ढुक्क हुँदा कहिले काहीँ ठूलो दुर्घटनामा पर्न पनि सकिन्छ । सतर्क रहौँ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




