{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1634516687210","origin":"unknown","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[{"id":"243173517047900","type":"premium"}]}","premium_sources":["243173517047900"],"fte_sources":[]}

टोकियो/जापान ।नेपाली लगानीकर्ताहरुले जापानमै नेपाली स्वाद र उच्च गुणस्तरीय दुग्धजन्य पदार्थहरु उत्पादन तथा बिक्री वितरण गर्ने उदेश्यले संचालनमा ल्याईएको होक्काईदो डेरी प्रोडक्ट्सले फेरि थप २ वटा उत्पादन बजारमा ल्याएको छ ।

यस अघि होक्काईदो घिउ बजारमा लिएर आएको कम्पनीले जापानमा छोटो समयमै उक्त उत्पादनलाई नेपाली, ईन्डिय, बंगालादेशी, पाकिस्तानी लगायत जापानी ग्राहकहरु माझ स्थापित गराउन सफल भएको छ । जापानको उच्च गुणस्तरमा आफ्नो मौलिक स्वाद रहेको कारण पनि “होक्काईदो घि” छिटो लोकप्रिय भएको कम्पनीको विश्वास छ ।

क्रमिकरुपमा विभिन्न दुग्धजन्य पदार्थहरुको उत्पादन तथा बजारिकरण गर्ने योजना लिएको कम्पनीले अब होक्काईदो घिउ पछि होक्काईदो मिल्क पाउडर ( धूलो दुध) र होक्काईदो मसला टि बजारमा लिएर आएको हो । नेपाली,ईन्डियन, बंगालादेशी, पाकिस्तानीहरु मात्रै नभई ‘मसला टि’यजापानीहरु माझ पनि लोकप्रिय रहेकाले यो उत्पादन पनि बजारमा छिट्टै स्थापित विश्वासको साथ भर्खरै मात्र कम्पनीले सार्वजनिक गरेको छ ।

“होक्काईदो मसला टी” होक्काईदो मिल्क पाउडर, नेपाली चिया तथा विभिन्न २० प्रकारभन्दा बढी औषधीय गुण भएका तपाई हाम्रो भान्सामा प्रयोग हुने मसलाहरुको सम्मिश्रणबाट तयार पारिएको उत्पादन हो । अब तपाई हाम्रो जिब्रोमा झुण्डिएको मसला चिया पिउन, कुनै झण्झट बिनै, “होक्काईदो मसला टी”को २ चम्ची ईन्स्ट्यान्ट धुलो तातो पनीमा राखी राम्रोसंग घोलेर एकैछिनमा तयार गर्न सकिन्छ ।

यदि तपाईलाई पनि “ होक्काईको चिया“ र होक्काईदो मिल्क पाउडर उपभोग गर्न मन छ भने, होक्काईदो डेरी प्रोडक्टको होक्काईदो घि नामक यस फेसबुक वा यो – Hokkaido Dairy Product
सम्पर्कः〒134-0081東京都江戸川区北葛西1-2-30田中荘102 Tel:+ 81-3-5878-0589 Fax:03-5878-0593 Mob:+ 81-80-3518-9750 Email:hokkaidoghee@gmail.com ठेगानमा सम्पर्क गर्नसक्नुहुनेछ । यसका अलवा तपाईको नजिक रहेको कुनैपनि हलालफुड या एसियन बजारहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार