टोकियो/जापान । जापानमा हुनुहुन्छ भने तपाईलाई फ्यामिलि मार्टका विभिन्न परिकारहरु अवश्य मन पर्छ । त्यसमा फ्यामिलिमार्टको फ्राईड चिकेन – फ्यामिचिकि(ファミマチキ) मन नपर्ने त कुरै भएन ।

अब भने फ्यामिलि मार्टको मिठो फ्राई चिकेन घरमै आफ्नै स्वाद अनुसारले फ्राई गरेर खान सकिने भएको छ । फ्यामिलिमार्टमा फ्यामिचिकि( ファミチキ)बेच्न थालिएको १५ वर्ष पुगेको अवसरमा घरमै मगाउन सकिने ओउचिदे फ्यामिचिकि सेत्तो (おうちでファミチキセット) भनेर बेच्न थालिएको छ ।

यसरी फ्यामिचिकिको सेट नै किन्न चाहीँ नजिकको फ्यामिलिमार्टमा गएर किन्न पाईँदैन । यो अनलाई सपिङ साईट राकुतेन मार्केट Rakuten Market मा मात्रै बेचिने गरि सम्झौता भएको छ । यसको मतलब अनलाईनमा मात्रै किन्न सकिनेछ । एक सेटमा १० वटा फ्रोजन फ्यामिचिकि र त्यसलाई फ्राई गर्न आवश्क ६ सय ग्रामको तेल समेत हुनेछ । यसको मुल्य भने २,८३७ येन तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार