A medical worker administers a dose of vaccine at a mass vaccination site as Japan Self Defense Force starts a large scale inoculation of Covid-19 vaccine in Tokyo, Japan on June 9, 2021.

टोकियो/जापान ।पछिल्लो डेटा अनुसार जापान कोभिड खोपको पूर्ण मात्र ( २ वटै) लगाउनेहरुको संख्या ८ करोड ९३ लाख ५९ हजार ६० जना पुगेको छ । यो कुल जनसंख्याको ७०. ६ प्रतिशत हो ।

अन्य विकसित मुलुकहरुको तुलनामा धेरै ढिला र सुस्तरुपमा सुरु भएको जापानको खोप अभियानले पछिल्ला केहि महिना यता तीव्र गति लिएको छ । फलस्वरूप कुल जनसंख्याको ७०.६ प्रतिशतले पूर्ण र ७६.९ प्रतिशत जनताले कम्तिमा १ पटक खोप लगाईसकेका छन् । यो संगै, खोप वितरण मापनमा जापान जि सेभेन राष्ट्रहरुमा तेस्रो नम्बरमा पुग्न सफल भएको छ ।

जापानमा पछिल्ला दिन कोरोना संक्रमण संख्या पनि अत्यन्तै न्युन छ भने, यहाँका सबै प्रकारका व्यवसायहरु कोरोना रोकथाम उपायहरु अप्नाउँदै पुर्णरुपमा संचालनमा आएका छन् । कोरोना भाईरसकै कारण रेस्टुरेन्ट/बार तथा क्लबहरुमा लगाईएको समय सीमाहरु पनि पूर्णरुपमा खुलिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार