
टोकियो/जापान। जापानमा कोभिड भ्याक्सिन लगाईसकेको प्रमाण दिने क्युआर कोड सहितको स्मार्ट फोन एप्लिकेसन संचालनमा ल्याईने भएको छ ।
कुल जनसंख्याको ७०.६ प्रतिशत जनताहरुले खोपको पुर्ण मात्र लगाईसकेको जापानमा यस्तो भ्याक्सिन लगाएको प्रमाणस्वरुप प्रयोग गर्न सकिने एप्लिकेसनको प्रयोगबाट टोकियो महानगर लगायतका कतिपय स्थानहरुका रेस्टुरेन्टहरुमा छुटका कुपनहरु पनि प्राप्त गर्न सकिनेछ ।
यस्तो एप्लिकेसन टोकियो महानगरले यहि आउँदो नोभेम्बर १ बाट संचालममा ल्याउनेछ । संगै अन्य विभिन्न प्रान्त तथा त्यहाँका स्थानिय सरकारहरुले पनि क्रमिकरुपमा आ/आफ्नै प्रकारका भ्याक्सिन लगाएको प्रमाणको रुपमा प्रयोग गर्न सकिने एप्स संचालन ल्याउनेछन् । टोकियो महानगरले टोकियो भ्याक्सिन (Tokyo ワクチン) बाट लिंक गरि आफुले खोप लगाएको प्रमाण कायम गर्न सक्छन् ।
टोकियो महानगरले केहिदिन अघि मात्रै रेस्टुरेन्ट तथा बारहरुमा कायम समय सिमा हटाएर निर्वाधरुपमा संचालन गर्न सक्ने व्यवस्था गरेको छ । यो संगै ५ जना वा सो भन्दा माथीको सामुहिक खान/पान तथा जमघटका लागि खोप लगाएको प्रमाण प्रस्तुत गर्नुपर्ने नियम पनि लागु गरिने बताएको थियो । त्यसैलाई सहजीकरण गर्दै यो एप्लिकेसन प्रयोगमा ल्याउन लागिएको हो ।
यसरी जापानभित्रै प्रयोगमा आउने भ्याक्सिन प्रमाण प्रदान गर्ने एप्सहरुको प्रयोगमा गुन्मा तथा ओकिनवामा पनि (भिन्न प्रकारको ) सुरुगरिएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




