{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1635379020831","origin":"gallery","fte_sources":[],"used_premium_tools":false,"used_sources":"{"sources":[],"version":1}","premium_sources":[],"is_remix":false}

टोकियो/जापान । टोकियो महानगरकी गभर्नर कोईके युरिको फेरि अत्यधिक शारीरिक थकानका कारण एक साताको लागि अस्पताल भर्ना भएकी छिन् । कोईके यस अघि यहि वर्षको जुन महिनामा पनि यसै कारण उनि अस्पत्ताल भर्ना भएकी थिईन् ।

महानगर सचिवालयले जनाए अनुसार गभर्नर कोईके अत्याधिक थकानका कारण चिकित्सकहरुको परामर्श अनुरुप हिजो ( २७ अक्टोबर) राती अस्पत्ताल भर्ना भएकी हुन् । कम्तिमा १ साता अस्पताल नै बस्नुपर्ने भएकाले सो अबधीभर डिपुटी गभर्नर ताकेउची फुकुले कार्यबाहक गभर्नरको जिम्मेवारी सम्हाल्ने छन् ।

स्रोतका अनुसार, कोईके गत जुन महिनामा जस्तै गरि यस पटक पनि थकानले स्वास्थ्यमा प्रतिकुल असर देखा परेकाले उपचार तथा आरमको लागि अस्पत्ताल भर्ना भएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार