{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1635475387657","origin":"gallery","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[{"type":"premium","id":"243173517047900"}]}","premium_sources":["243173517047900"],"fte_sources":[]}

टोकियो/जापान । जापानमा कोभिड विरुद्धको तेस्रो खोप क-कसलाई लगाउने भन्ने विषयमा सरोकारवाला निकायहरु टुंगोमा पुगेका छन् । बिहिबार ( २८ अक्टोबर) स्वास्थ्य मन्त्रालयमा विज्ञहरुसहित बसेको सरोकारवालाहरुको बैठकले २ वटा खोप लागाईसकेका सबै व्यक्तिहरुलाई तेस्रो खोप लगाउने टुंगोमा पुगेको हो ।

हालसम्म जापानमा ७०.९ प्रतिशत जनताहरुले कोभिड भ्याक्सिनको २ वटै मात्रा लगाईसकेका छन् । यहि वर्षको डिसेम्बरसम्ममा खोप लगाउन योग्य सबै नागरिकहरुमा खोप लगाईसक्ने सरकारको योजना रहेको छ ।

कोभिड खोप लगाएको केहि महिनापछि त्यसको प्रभावकारीता घट्दै जाने विज्ञहरुको विश्लेषण सहित बुस्टर डोजको रुपमा तेस्रो खोप लगाउने योजना बनाईएको हो ।प्रारम्भिक रुपमा प्राप्त जानकारी अनुसार यहि वर्षको डिसेम्बरबाट जापानमा कोभिडको तेस्रो खोप लगाउन सुरु गरिनेछ । पहिलो चरणमा सुरुवातमा खोप लगाएका स्वास्थ्य क्षेत्रमा संलग्न मानिसहरुमा खोप लगाईने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार