{"source":"other","uid":"4560C6AA-56F4-4B7D-AC72-6F2229459584_1636107767073","origin":"gallery","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[{"type":"premium","id":"244817319062900"}]}","premium_sources":["244817319062900"],"fte_sources":[]}

टोकियो/जापान । लामो समयदेखि जापान प्रवेशको प्रतिक्षामा रेहेका विद्यार्थी, व्यवसायी, प्राविधिक प्रशिक्षार्थी तथा डिपेन्डेन्ट भिसा बाहकहरुलाई आउँदो सोमबार( नोभेम्बर ८ तारिख)बाट जापान प्रवेश अनुमती दिईने भएको छ ।

जापानको आर्थिक पत्रिका निक्केइले प्रकाशन गरेको समाचार अनुसार जापान प्रवेशको प्रतिक्षामा रहेका करिब ३ लाख ७० हजार बिदेशीहरु मध्ये बिद्यार्थी १ लाख ५० हजार र प्राबिधिक प्रशिक्षार्थी १ लाख १० हजार रहेका छन् । पहिलो चरणमा उनीहरुलाई प्रवेश गर्न सहजता प्रदान गर्ने गरि जापानले बिध्यमान नीतिहरु परिवर्तन गर्दै उनिहरुका लागि सीमा खुला गर्ने घोषणा गरेको छ । पर्यटन भिसामा आउन चाहनेहरुका लागि भने यस पटक कुनै नयाँ निर्णय भएको छैन ।

परिमार्जित नया नीति अनुसार ब्यबसायीक प्रयोजनका लागि जापान प्रवेश गर्न चाहनेहरुले पनि प्रवेश पाउने छन् । भ्रमण या आफन्त भेट्न जापान आउन चाहनेहरुले भने अझै केहि समय पर्खिनु पर्ने देखिएको छ ।

कोरोना संक्रमणको अबस्था हेरी बिदेशीहरुलाइ जापान प्रवेश गर्न सहज बनाएको बताइएको छ । कोरोना बिरुद्दको खोप लगाएका (जापानले मान्यता दिएका मात्र) हरुले जापान प्रवेश पछि ३ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको निक्केइ पत्रिकाले अनलाइनमा समाचार छापेको छ ।

( थप अपडेटका लागि नेपालीन्युजपोस्टडटकम हेर्दै गर्नुहोला)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार