{"source":"other","uid":"4560C6AA-56F4-4B7D-AC72-6F2229459584_1636855567839","origin":"unknown","is_remix":true,"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[{"id":"244817319062900","type":"premium"},{"type":"ugc","id":"239740529065211"}]}","source_sid":"4560C6AA-56F4-4B7D-AC72-6F2229459584_1636855567844","premium_sources":["244817319062900"],"fte_sources":["239740529065211"]}

टोकियो/जापान। यसै महिना( नोभेम्बर)को अन्त्यसम्ममा जापानको ४७ मध्ये ४३ वटा प्रान्तका प्रमुख सहरहरुमा रहेका सबै नागरिकहरुमा कोरोना खोपको २ वटै मात्रा लगाईसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारको योजना अनुरुप भएमा यसै महिना भित्र जापानका सबै प्रान्तका प्रमुख सहरहरुमा कोभिड विरुद्धको २ वटै खोप लगाउनेहरुको संख्या ९० प्रतिशतभन्दा बढी हुनेछ । हाल जापानभरका कुल जनसंख्या मध्ये ९ करोड ४५ लाख ८९ हजार जना भन्दा बढी मानिसहरुले कोरोनाको २ वटै खोप लगाईसकेका छन् ।

जापान सरकार , यहि नोभेम्बर महिनाभरीमा पहिलो र दोस्रो मात्रा खोप अभियानलाई पुरा गरी, डिसेम्बरबाट नै (बुस्टर डोज)तेस्रो खोप लगाउने योजनामा छ । पहिलो र दोस्रो खोप लगाएको ८ महिना भन्दा बढी समय भएका व्यक्तिहरुलाई तेस्रो खोप लगाउने योजना अनुरुप डिसेम्बर महिनाबाटै सुरु गर्ने योजना अघि बढेको छ । यस सम्बन्धि आउँदो सोमबार औपचारिक निर्णय हुने सम्भावना रहेको छ ।

जापानले तेस्रो खोपका लागि फाईजर ईंकलाई अनुमती दिईसकेको छ भने मोडेर्ना पनि अनुमति लिने प्रकृयामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार