मियागी/जापान । जापानको मियागी प्रान्तस्थित एक बंगुर फारममा स्वाईन फ्लु पुष्टि भएको छ ।
मियागी प्रान्तको ओगावारा सहरमा रहेको एक बंगुर फारममा पालिएका बंगुरहरुमा स्वाईन फ्लु देखा परेको हो । बंगुरहरु बिरामी तथा केहि मृत भेटिएपछि राष्ट्रिय निरीक्षण टोलिले प्रयोगशाला परिक्षण गर्दा तिनिहरुमा स्वाईन फ्लु पुष्टि भएको जापानी संचार माध्महरुले जनाएका छन् ।
उक्त फारममा पालिएका बंगुरहरुमा फ्लु पुष्टि भएपछि, त्यहाँ रहेका झण्डै १२ हजार वटा बंगुरहरुलाई नष्ट गर्ने कार्य अघि बढाईएको छ । यहि डिसेम्बर ११ तारिख परिक्षणमा पठाईएको थियो भने पुष्टि भए लगतै डिसेम्बर १२ बाट बंगुरहरु नष्टु सुरु गरिएको जनाईएको छ ।
मियागी प्रान्तमा , अहिले सम्म सबै बंगुर फारमहरुमा खोप पूरा भइसकेकाले अन्य बंगुर फार्महरूमा आवागमन वा निर्यातमा कुनै प्रतिबन्ध घोषणा भने गरिएको छैन । प्रान्तका अनुसार सन् २००७ मा राष्ट्रिय सरकारले स्वाइन फ्लु सङ्क्रमण अन्त्य भएको घोषणा गरेपछि घर पालुवा बंगुरहरुमा फ्लु देखिएको यो पहिलो घटना हो । यस अघि ,यसै वर्षको जुन महिनामा मियागी प्रान्तको शिचिकासुकु-चोमा जङ्गली बँदेलमा सङ्क्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




