
टोकियो/जापान । जापानमा फेरि थप १४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।यो संख्यासंगै जापानमा ओमिक्रोन संक्रमित संख्या ८२ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार,यो १४ जनामा यहि डिसेम्बर १२ देखि १६ तारिखको बिचमा संक्रमण पुष्टि भएको हो । उनिहरु नारिता, हानेदा तथा कान्साई विमानस्थल हुँदै जापान प्रवेश गर्ने क्रममा संक्रमण पुष्टि भएका हुन् । पछिल्लो पटक संक्रमण पुष्टि हुनेहरुमा १० वर्ष देखि ६० वर्ष उमेर समुहसम्मका मानिसहरु रहेका छन् ।
ति संक्रमितहरु अमेरिका, बेलायत, कंगो तथा दक्षिण सुडानमा पछिल्लो १४ दिनभित्रमा पुगेको/ बसेको रेकर्ड भएका व्यक्तिहरु
हुन् । व्यक्ति सुचनामा उच्च गोपनियता कायम राख्ने जापानले कुन/कुन देशका नागरिकहरु संक्रमित भए भन्ने प्रष्ट डेटाहरु भने सार्वजनिक गरेको छैन ।
पछिल्लो पटक पुष्टि भएका १४ जना संक्रमित मध्ये २ जनामा ज्वरो तथा खोकीको लक्षण देखिएको थियो भने बाँकी १२ जनामा कुनै पनि लक्षणहरु नभएको बताईएको छ । जापानमा ति संक्रमितहरुसंगै जहाजमा आएका, परिवारका सदस्य, साथी लगायतका उनिहरुको नजिकको सम्पर्कमा रहेका १ हजार जना भन्दा बढी मानिसहरु संक्रमण जोखिमको सुचीमा छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




