टोकियो,जापान । अवैधानिक भएर पनि जापान छोडेर जान नमान्ने विदेशीहरुको ३ हजार भन्दा धेरै रहेको जापानको अध्यागमन विभाग कार्यलयले बताएको छ ।

अध्यागम कार्यलयले मंगलबार सार्वजनिक गरेको जानकारी अनुसार, जापानमा विभिन्न कारणले गैरकानुनीरुपमा बसिरहेको पुष्टि भई देश छोड्न आदेश दिईएको भएपनि जापान छोड्न नचाहने विदेशीहरुको संख्या ३ हजार १ सय ३ जना पुगेको छ । यो सन २०२० को अन्त्यसम्मको तथ्यांक्क हो ।
यसरी जापान छोड्न नचाहने विदेशीहरु मध्ये ६० प्रतिशत(१ हजार ९ सय ३८ जना)ले शरणार्थीको रुपमा बस्न पाउँ भन्दै शरणार्थी आवेदन दिदैँ आएका छन् । जापानको अध्यागम कानुन अनुसार शरणार्थी आवेदन दिईरहेकाहरुलाई जबरजस्ती देश निकाला गर्न सक्ने प्रावधान छैन । जसका कारण यसरी जापान छोड्न नमान्नेहरुले ३ पटक भन्दा बढिसम्म पनि आवेदन दिने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार