जापान। केहि वर्ष यताकै भारी हिमपातका कारण, उत्तरी तथा पश्चिमी जापानका विभिन्न प्रान्तहरुको जनजिवन प्रभावित भएको छ । शनिबारदेखि पर्न थालेको हिउँ कतिपय ठाउँहरुमा सोमबार बिहानसम्म पर्ने क्रम जारी छ ।
जापानको,ह्योगो,तोत्तोरी,क्योतो,फुकुसिमा,सिगा प्रान्तका विभिन्न स्थानहरुमा निरन्तरको हिमपात पछि बाटोघाटो पुलपुलेसा सबै हिउँले ढाकिदिएका छन् । जापान मौसम विज्ञान विभागका अनुसार ति ठाउँहररुमा ५० देखि ६५ सेन्टीमीटरसम्म हिउँ जमेका छन् । हिउँ जमेपछि सावारी साधनहरु बाटोमै अड्किएका छन् भने,सडकपेटीहरु सबै हिउँले भरिएपछि स्थानीयहरुको आवतजावतमै समस्या सिर्जना भएको छ ।

मौसम विज्ञान विभागका अनुसार, भोलि ( २८ डिसेम्बर) सम्म हिमपात हुने पुर्वानुमान गरिएको छ । भोलिसम्ममा,निगाता प्रान्त,किन्की, गिफु प्रान्त,तोहोकु,हिकुरिकु,नागोनो लगायतका क्षेत्रहरुमा ५० देखि ९० सेन्टीमीटरसम्म हिउँ जम्मा हुनेछ ।
भारी हिमपात पछि,ति प्रभावित क्षेत्रका वासिन्दाहरु अत्यावश्यक काम बाहेक घरबाट बाहिन ननिस्किन सुझाईएको छ ।यसका साथै धेरै हिउँ जमेका कारण बिजुलीका तार तथा पोलहरुमा समस्या आई बिद्युत आपूर्तिमा समेत असर पर्नसक्नेतर्फ पूर्व तयारी गर्न सुचाना जारी गरिएको छ । यसका साथै आकिता प्रान्तमा हिउँसिंगै आएको कडा हावाका कारण केहि घरहरुतो छानो नै उडाईदिएको छ ।

हिमपातका कारण सडकमा गुड्ने मात्रै नभई हवाई उडान तथा सिनखानसेनका नियमित सेवाहरु पनि प्रभावित भएका छन् । उत्तरी जापानका निगाता तथा यामागाता विमानस्थलहरुमा २० सेन्टीमीटर भन्दा बढी हिउँ जमेकाले उडानहरु रद्द भएका छन् ।
स्रोतः एनएचके अनलाईन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




