टोकियो/जापान ।जापानको राजधानी टोकियोको एदोगावा कु वस्ने,कोरोनाका कारण आमदानी घटेका घरपरिवारवाई १ लाख येन वितरण सुरु भएको छ ।

एदोगावा कुले कोरोनाका कारण कमजोर आर्थिक अवस्था भएका आफ्नो नगरवासीहरुलाई राहत स्वरुप सो रकम प्रदान गर्ने भएको हो । आज( डिसेम्बर २८ ) बाट कोरोनाका कारण आम्दानी घटी आर्थिक समस्या झेलिरहेका परिवारलाई प्रतिपरिवार १ लाख येन दिन सुरु गरिएको जापाननी संचार माध्यमहरुले जनाएका छन् ।

यस किसिमको कोरोना आर्थिक साहयता अन्य वडाहरुले दिने योजना अघि सारेका छन् । तर अधिकांसले अर्को वर्षको सुरुवातीबाट मात्रै कार्यन्वयन गर्ने बताएपनि एदोगावाले भने, नयाँ वर्षको समयमा पैसा जरुरत पर्ने परिवारहरु भएकाले उनिहरुलाई राहत पुगोस भनेर आजबाटै सुरुवात गरेको उल्लेख गरेको छ । यसरी उक्त राहत रकम लिन पहिलै समय लिएर जानुपर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार