टोकियो/जापान । जापानको राजधानी टोकियोमा पहिलो पटक कविता कन्सर्ट सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाज( अनेसास) जापान च्याप्टरले नयाँ वर्ष सन २०२२ तथा नेपाली टोपी दिवसको अवसर पारेर हिजो( जनवरी १ तारिख)टोकियोको सिनओकुबोमा पहिलो पटक कविता कन्सर्ट आयोजना गरेको हो । कविता कन्सर्टमा कविहरु दिप पाठक,मञ्जुल मितेरी,शेखर विकल्प,सयपत्री थुलुङ् र विनोद आचार्यले आफ्ना कबिताहरु प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका सुन्दर कविताहरुमा हिरा शिरिसको सारंगी र धन पुनको बासुरीको धुनले साथले दिएको थियो ।

जापानमा पहिलो पटक आयोजना गरिएको कविता कन्सर्टमा साहित्यानुरागीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । थुप्रै आमन्त्रित अतिथिहरुको माझमा कविहरुले ५/५ वटा सुन्दर कविताहरु प्रस्तुत गरेका थिए ।

अनेसास जापानका अध्यक्ष रबिन शर्माको अध्यक्षता, अनेसास अन्तराष्ट्रिय कमिटिका अध्यक्ष प्रकाश पौडेल माईलाको प्रमुख आतिथ्यत्यतामा महासचिव शरद पोख्रेलले संचालन गरेका कार्यक्रममा, नेपाल पत्रकार महासंघका जापान शाखा अध्यक्ष मोहन घले, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल,अनेसास जापानका निर्वतमा अध्यक्ष गिरिजा गैरे, नेपाली भाषा तथा संस्कृतीका अध्यता जापानी नागरिक हारुहितो नोजु लगायत जापान स्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी एवं साहित्य प्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कविता कन्सर्टको नेपालन्युजपोस्ट लगायतका जापानस्थित नेपाली अनलाईन संचार माध्यमहरुले प्रत्यक्ष प्रसारण पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार