तोचिगी/जापान । जापानको तोचिगी प्रान्तको नासु सफारी पार्कभित्र पालिएको बाघको आक्रमणमा परि ३ जना कर्मचारीहरु घाईते भएका छन् ।
जापानी संचार माध्यमहरुका अनुसार आज( जनवरी ५ तारिख) बिहान,बाघको आक्रमणमा परि उक्त सफारी पार्कका ३ जना सुरक्षा करामचारीहपु घाईते भएका हुन् । घाईते ३ जना मध्ये २० वर्ष उमेर समूहकी एक महिलाको अवस्था भने अरुको भन्दा गम्भीर रहेको बताईएको छ ।
सफारी पार्क स्रोतका अनुसार आज बिहान,उक्त सफारी पार्क खोल्ने समयको तयारीको क्रममा बाघलाई उसको खोरबाट बाहिर लैजाने क्रममा बाघले ३ जना कर्मचारीहरुलाई आक्रमण गरेको हो ।१० वर्षे बंगाली बाघ “ भोल्टा”ले आक्रमण गरेको हो । करिब ३ मिटर लामो र २०० केजी तौल भएको बाघले ती ३ जना कर्मचारीलाई टोक्ने/ चिथोर्ने गरी घाईते बनाएको बताईएको छ ।
नासु सफारी पार्कभित्र बाघ सहित अन्य विभिन्न ७० प्रकारका करिब ७०० जंगली जनावरहरु रहेका छन् । उक्त पार्क बाघ हेर्नका लागि लोकप्रिय रहँदै आएको छ । उक्त सफारी पार्कमा सन १९९७ मा पनि कर्मचारी माथि बाघले आक्रमण गरेको घटना घटेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




