टोकियो/जापान । नेपाल मगर संघ जापानको केन्द्रिय समितिले जापानको लागि नेपाल सरकारका कार्यबाहक राजदुत अम्बिका जोशीसंग दुताबासमै पुगेर भेटघाट गरेको छ ।
भेटघाटको क्रममा नेपालीहरुको महान चाँड तथा मगर समुदायको मौलिक पर्व माघेसकराँति (माघेसंक्रान्ति) को अवसरमा नेपाल मगर संघ जापानले यही २०२२ को जनवरी २३ तारीख आईतबारको दिन आयोजना गरेको भव्य लांघाली साँझ सांगीतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भईदिन कार्यवाहक राजदुतलाई निमन्त्रणा पत्र बुझाईएको कुरा संघका अध्यक्ष ओम काउचा मगरले जानकारी गराए ।
अध्यक्ष मगरले भने – ‘महामहिम ज्यु सँग सौहार्द रुपमा भेटघाट गर्यौँ । निमन्त्रणा पत्र दियौँ, उहाँले कोरनाको प्रतिकुल स्थिति सृजना नभए आउँछु भन्नु भएको छ ।’ त्यसैमा अध्यक्षले थपे – ‘कार्यक्रमकै दिन दुईतिनवटा बुँदामा जापानको समसामयिक समस्याहरुको बारे नेपाल सरकारको (दुतावासको) ध्यानाकर्षण गराउँने गरी ज्ञापनपत्र पनि महामहिम ज्युलाई बुझाउँने हाम्रो सोँच छ ।’
भेटघाटमा नेपाल मगर संघ जापानको तर्फबाट अध्यक्ष ओम काउचा मगर, विदेश प्रमुख सुनिता श्रीष् मगर, कोषाध्यक्ष भिक्टर ठाडा मगर, वरिष्ठ सल्लाहकार थानु राना मगर र सल्लाहकार रित राना मगर सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




