योकोहमा/जापान । जापानको खानागावा प्रान्तको योकोहमा नगरका एक जना ६० वर्ष उमेर समूहका पुरुषले कोरोना विरुद्धको ४ वटा खोप लगाएको खुलासा भएको छ ।
ति व्यक्ति, एक चिकित्सालयको सरसरफाई विभागमा काम गर्ने कर्मचारी भएकाले जापान सरकारले प्राथमिकताको आधारमा खोप बितरण गर्दा पहिलो पटक २ वटा र पछि फेरि स्थानिय निकायले सबै नागरिकहरुलाई खोप वितरण गर्दा २ पटक गरि, कुल ४ पटक खोप लगाएका हुन् ।
ति व्यक्तिले अघिल्लो वर्षको मार्च र अप्रिलमा पहिलो र दोस्रो खोप लगाएका थिए भने सेप्टेम्बर डिसेम्बर महिनामा तेस्रो र चौथो खोप लगाएको खुलासा भएको हो । उनले खोप लगाउने फारममा पहिले खोप लगाएको कुरा लुकाएकाले कसैले पनि पत्ता लगाएका थिएनन् ।
अघिल्लो महिना ति व्यक्ति आफैले भ्याक्सिन पासपोर्ट बनाउनका लागि भनेर फोन गर्दा,उनले ४ वटै खोप लगाएको कुरा खुल्न आएको हो । यसो गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना मानिसहरुलाई सचेत गराउनु आवश्यक रहेको भन्दै योकोहमा सहरले राष्ट्रिय सरकारलाई रिपोर्ट गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




