Bloomberg Best of the Year 2020: A man walks through a near-empty departures hall of Narita Airport during the Covid-19 pandemic in Narita, Chiba Prefecture, Japan, on Sunday, July 19, 2020. Photographer: Akio Kon/Bloomberg

टोकियो/जापान । जापान सरकारले आगमी फेब्रुअरी महिनाको अन्त्यसम्म नव प्रवेशी विदेशीहरुलाई प्रवेश प्रतिबन्ध कायम राख्ने संकेत गरेको छ ।

सरकारी स्रोतलाई उदृत गर्दै क्योदो न्युजले छापेको समाचारका आधारमा जापान टुडेमा प्रकाशित खबरका अनुसार,प्रधानमन्त्री किसिदाले यस विषयमा आज ( मंगलबार) औपचारिक जानकारी दिने सम्भावना छ । यस अघि जापानले गत नोभेम्बर ३० तारिख एक महिनाको लागि भन्दै प्रतिबन्ध गरेको थियो ।

केहि दिन प्रधानमन्त्री किसिदाले फुजी टेलिभिजनको एक कार्यक्रममा, यो पछिल्लो ३ दिने सार्वजनिक विदापछि सरकारले बोर्डरको बारेमा निर्णय बताएका थिए । कोरोना संक्रमण कम भएको खण्डमा यसै महिनाबाट प्रतिबन्ध खुल्ने आशा गरिएता पनि परिस्थिति विपरित भएकाले फेब्रुअरी महिनासम्म प्रतिबन्ध कायम राख्ने सरकारको मनशाय रहेको उल्लेख गरिएको छ ।

ओमिक्रोन भेरियन्ट संक्रमण रोक्न भन्दै नव प्रवेशीहरुलाई प्रतिबन्ध लगाएको जापान यतिखेर आन्तरिकरुपमा बढिरहेको कोरोना तथा ओमिक्रोन भेरियन्ट नियन्त्रणमा जुटिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार