टोकियो/जापान । सरकारी छात्रवृत्ती प्राप्त ८७ जना विदेशी विद्यार्थीहरुले यहि महिना जापान प्रवेश पाउने भएका छन् ।

ओमिक्रोन भेरियन्टको संक्रमण रोक्नका लागि जारी मिजुगिवाताईसाकु अन्तरगत हाल सम्पुर्ण नव प्रवेशीहरुको जापान प्रवेश प्रतिबन्ध भएतापनि, सरकारी खर्चमा जापान अध्ययनका लागि छनौट भएका र तत्काल भौतिक कक्षा नलिएको खण्डमा दिक्षित( ग्रेजुएसन) तथा पढाई नै पुरा नहुने अवस्थाका ८७ जना विद्यार्थीहरुलाई विशेष व्यवस्था सहित प्रवेश गराउने तयारी गरिएको हो ।

यसै महिनाको उत्तरार्धमा जापान प्रवेश गराईने बताईएपनि ती ८७ जना विद्यार्थीहरु कुन/कुन मुलुकबाट आउनेछन् ? र कुन- कुन विश्वविद्यालयको लागि आउँदैछन् भन्नेबारे केहि खुलाईएको छैन ।

जापान प्रवेशको प्रतिक्षामा रहेका हज्जारौँ विदेशी विद्यार्थीहरु मध्येबाट जापानले सरकारले अपवादको रुपमा ८७ जनालाई राष्ट्रिय हितको दृष्टिकोणबाट यस महिनाको उत्तरार्धबाट प्रवेश अनुमति दिने निर्णय गरेको जापानी संचार माध्यमहरुले खबर छापेका छन् ।

यसरी आउने विद्यार्थीहरुलाई कोरोना संक्रमण रोकथामका उपायहरु कडाईरुपमा पालना गर्न लगाईने छ । साथै उनिहरुलाई सरकारले व्यवस्था गरेको स्थानमा राखी उच्च निगरानी गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार