ओसाका/जापान । जापानको ओसाकामा आज( जनवरी १८ ) तारिख एकैदिन ६ हजार जनामा कोरोना संक्रमण पुष्टि हुने आँकलन गरिएको छ ।

कोरोना परिक्षण तथा उपचार केन्द्रहरुबाट प्राप्त प्रारम्भिक डेटाहरुले आज, ओसाकामा हालसम्म कै उच्च संक्रमण पुष्टि हुने संकेत गरेको जापानी संचार माध्यमहरुमा खबर प्रकाशन भएका छन् ।

ओसाकामा यस वर्षको सुरुवातदेखिनै उच्च संक्रमण पुष्टि हुँदै आएको छ । गत आईतबार पनि एकैदिन ३ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार