टोकियो/जापान । टोकियोको एउटा पब्लिक ईलिमेन्टरी स्कुलमा पार्ट टाईम ईन्स्ट्रक्टरको रुपमा कार्यरत एक जना पाकिस्तानी नागरिकलाई महिला माथी यौन दुर्व्यबहार गरेको अभियोगमा पक्राउ गरिएको छ ।

ति पाकिस्तानी नागरिले भाषा सिक्ने एप्लिकेशनको माध्यमबाट चिनजान भएकी एक ३० वर्षिय उमेर समूहकी महिलालाई आफ्नो निवासमा लगि यौन हिँसा गर्ने प्रयासको क्रममा घाईते बनाएको अभियोगमा पक्राउ गरिएको बताईएको छ ।

यसरी पक्राउ पर्नेमा टोकियोको पब्लिक ईलिमेन्ट्री स्कुलमा पार्ट टाईम अंग्रेजी शिक्षकको रुपमा कार्यरत २८ वर्षीय शाह सैयद कासिम अली हुन।टोकियो महानगरीय प्रहरी विभागका अनुसार उनले गत नोभेम्बरमा ति महिलालाई घरमा लगेर यौन दुव्र्यवहार गर्न प्रयास गर्दा उनको ढाडमा चोट लागेको छ ।

तर ति पक्राउ परेका ब्यक्तिले भने अपराध स्विकार नगरेको बताईएको छ । हाल महानगरीय प्रहरी विभागले स्थितिको विवरण अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार