टोकियो/जापान । शनिबार( जनवरी २२ तारिख) जापानमा एकैदिन ५४ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति धेरै संक्रमित पुष्टि भएको कोरोना सुरुवात भएदेखिकै पहिलो पटक हो । यस अघि शुक्रबार पनि उच्च रेकर्ड कायम भएको थियो ।

शनिबार, टोकियो,चिबा, ओसाका, खानागावा,मिए,यामागुची,हिरोशिमा,आईची,ओकिनवा र फुकुओकामा गरि कुल १७ जना कोरोना संक्रमितहरुको निधन भएको छ ।

जापानमा, हालसम्म २१ लाख ३० हजार ९ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये १८ हजार ५ सय ९ जनाको निधन भएको छ भने १७ लाख ८२ हजार १ सय ६९ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

शनिबार, जापानका ४७ वटै प्रान्तहरुमा उच्च संक्रमण देखिएको छ । यद्यपी संक्रमित संख्याको आधारमा गम्भीर बिरामीहरुको संख्या भने केहि कमी देखिएको छ । यद्यपी, टोकियो, चिबा, साईतामा, खानागावा, फुकुओका, ओसाका लगायतका प्रान्तहरुका अस्पतालहरुमा बिरामीहरुले भर्ना हुने पालो कुर्नुपर्ने अवस्था सिर्जना भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार