टोकियो/जापान । जनवरी महिनाको सुरुवातदेखि लगातार बढ्न थालेको कोरोना संक्रमण आज सम्म आईपुग्दा जापानमा महामारी सुरुभएदेखिकै उच्च जोखिमपुर्ण अवस्थामा पुगेको छ ।

शनिबार एकैदिन ५४ हजार जनाभन्दा बढीमा कोरोना संक्रमण भएको जापानमा पछिल्ला दिन गम्भीर बिरामीहरुको संख्या पनि बढ्ने क्रममा छ । आईतबार बिहानसम्मको जानकारी अनुसार जापानभर ४ सय २४ जना कोरोनाका गम्भीर बिरामीहरु बिभिन्न स्थानका अस्पत्तालहरुमा उपचाररत छन् ।

गम्भीर बिरामीहरुको यो संख्या, अघिल्लो वर्षको तुलनामा कम भएतापनि पछिल्लो केहि महिना यताकै उच्च रेकर्ड हो । यहि अनुपातमा बढ्दै गए यस पटक पनि गम्भीर प्रकृतीका बिरामीहरुले छिट्टै सबै स्थानका अस्पतालहरु भरिनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, जनवरी १ तारिखमा जापानभर कोरोनाका गम्भूर बिरामी जम्मा ५१ जना मात्रै थिए । तर अहिले २२ जनवरीसम्ममा बढेर ४२४ जना पुगिसकेको छ । यो थपिनेक्रम अघिल्लो महिनाको तुलनामा अत्यधिक बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार