टोकियो/जापान । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोना भाईरस महामारीका कारण ३ सय २७ वटा बालबालिकाहरुको डे केयर सेन्टरहरु अस्थायी रुपमा बन्द भएका छन् । जसले कामकाजी अभिभावकहरुलाई चरम समस्या सिर्जना गरेको छ ।

यो वर्षको सुरुवातदेखिनै जापानमा निरन्तर बढेको कोरोना संक्रमणले डे केयर सेन्टरहरु समेत सुरक्षित रहन दिएन । परिणाम स्वरुप स-सना बालबालिकाहरुमा संक्रमण बढ्न थालेको छ । जसका कारण पछिल्लो साता विगतको तुलनामा यस्ता डे केयर सेन्टरहरु झण्डै दोब्बर संख्यामा बन्द हुन पुगेका छन् । यसरी बन्द हुनेमा सरकारी तथा निजी दुवै संस्थाहरु रहेका छन् ।

यस अघि अघिल्लो वर्षको सेप्टेम्बरमा १८५ वटा यस्ता डे केयर सेन्टरहरु बन्द भएकोमा यस पटक,झण्डै २ गुणाले बढेर ३२७ वटा पुगेको बताईएको छ । स्वास्थ्य तथा श्रम मन्त्रालयले सोमबार बताए अनुसार, जापानका ४७ प्रान्त मध्ये २७ वटा प्रान्तका अधिकांस डे केयर सेन्टरहरु हाल अस्थायीरुपमा बन्द भएका छन् ।

डे केयर सेन्टरहरुमा कोरोना बढेपछि, अधिकांस स्थानमा अर्को सुचना जारी नहुनुजेललाई बन्द गरिएको छ । यस वर्ष अहिलेसम्म कति संक्रमित भए भन्ने आँकडा अझै नआएता पनि यस अघि झण्डै १२ हजार जना बालबालिकाहरु तथा ८ हजार कर्मचारीहरु त्यस्ता डे केयर सेन्टरहरुमा संक्रमित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार