
टोकियो/जापान । जापान बिजनेस फेडेरेसनका प्रमुख तोकुरा मासाजुकाले, कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन रोकथामका लागि भन्दै जापान सरकारले नवप्रवेशी विदेशीहरुको लागि प्रवेश प्रतिबन्ध गर्नु अवास्तविक भएको बताएका छन् ।
उनले सोमबार, सरकारी निर्णयप्रति आफ्नो बिचार राख्दै, जापानभित्रै ओमिक्रोन बढिरहेको सन्दर्भमा नव प्रवेशीहरुलाई यात्रा प्रतिबन्ध लगाउनु अवास्तविक भएको बताएका हुन् । जापानले गत वर्षको नोभेम्बरमा १ जनामा ओमिक्रोन संक्रमण पुष्टि हुने वित्तिकै नोभेम्बर ३० तारिखबाट नवप्रवेशीहरुको जापान प्रवेश बन्द गर्दै आएको छ । मुलुक भित्रै कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रतिबन्धलाई लम्ब्याएर फेब्रुअरी अन्त्यसम्म कायम गरेको छ ।
जापान सरकारको पछिल्लो यो निर्णयलाई विदेशी तथा विदेशी समुदायसंग सरोकार राख्ने सबै क्षेत्रबाट बिरोध हुँदै आएको छ । हालसालै विभिन्न मुलुकका जापानी दुतावासहरुमा नव प्रवेशीहरुको यात्रा प्रतिबन्ध गर्नु अवैज्ञानिक भएको भन्दै जापान आउने प्रतिक्षामा रहेकाहरुले बिरोध जनाएको खबरहरु पनि प्रकाशन भएको थियो ।
प्रमुख तोकुराले, यात्रा प्रतिबन्ध अवास्तविक भएको बताउँदै, यस्तो कठिन अवस्थामा गुज्रिरहेको अवस्थामा कर्मचारीहरुको तलब बढाउन प्रधानमन्त्री किसिदाले गरेका आह्वान पनि अव्यबहारिक भएको बताएका थिए । यतिखेर व्यवसाय नै ठप्प प्राय भएकाले प्रधानमन्त्रीले भने जस्तै दिल खोलेर तलब सुविधा बढाउन कठिन रहेको उनको धारणा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




