जापान । जापानको साईतामा प्रान्तस्थित फुजिमिनो नगरको एक घरमा हिजो राती ९ बजेतिर हातमा छोटो खालको बन्दुक जस्तै देखिने हतियार बोकेका मानिसले एक जना डक्टरलाई घाईते बनाई बन्दक बनाएको घटनाका अभियुक्तलाई ११ घण्टापछि आज बिहान ८ बजेतिर पक्राउ गरिएको छ।
घटना भएको खबर प्राप्त हुनसाथ,घाईते बन्दकको उद्दार तथा अभियुक्तलाई पक्राउ गर्नको लागि निरन्तर खटेको प्रहरी तथा अग्नि नियन्त्रण विभागका कर्मचारीहरुको संयुक्त पहलमा
आज बिहान,अभियुक्तलाई पक्राउ गर्न सफल भएका हुन् ।
प्रहरीलाई उद्रित गर्दै जापानी संचार माध्यमहरुले प्रकाशन गरेका खबर अनुसार, बिहान ८ बजेतिर अनुसन्धानकर्ताहरु उक्त घरमा प्रवेश गरी,अभियुक्तको पहिचान सहित तुरुन्त पक्राउ गरेका हुन् । बन्दक बनाईएका ४४ वर्षिय डाक्टरलाई अचेत अवस्थामा अस्पत्ताल लगिएको बताईएको छ ।
उक्त घटना भएको घरमा,उक्त मानिसको परिवारको सदस्यको निधन भएको थियो र २७ तारिख राती डाक्टर, नर्स तथा अन्य ३ पुरुष केयरगिभर सहित त्यहाँ शोक सन्तप्त परिवारवाई भेट्न पुगेका थिए ।
यस घटना अनुसन्धानकै क्रममा रहेकाले अन्य विस्तृत जानकारी भने अझै सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




