टोकियो/जापान । जापानको राजधानी टोकियोमा कोरोना संक्रमण अत्याधिक बढेर अस्पतालहरुका बेडहरु भरिन थालेपछि, आपतकाल लागु गर्ने बारे सुरु भएको छलफलमा, कोरोना संक्रमण नियन्त्रण मन्त्री यामागीवाले संक्रमित संख्या बृद्धि भएको तथा अस्पतालहरु भरिएको आँकडा मात्रैले आपातकाल लागु गराउने अवस्थामा पुर्याउने नभई गम्भीर प्रकृतीका बिरामीहरुको संख्या लगायतका आँकडाहरु विश्लेषण गरेपछि मात्रै निर्णय हुने बताएका छन् ।

टोकियोमा कोरोना संक्रमण अत्याधिक बढेपनि तुलनात्मकरुपमा गम्भीर बिरामीहरु तुलनात्मकरुपमा अझै कमी देखिएको छ । हाल टोकियोका अस्पतालहरु ४४.४ प्रतिशत भरिएका छन् । र ५० प्रतिशत अस्पतालहरु भरिएपछि आपतकाल लगाउनका लागि केन्द्र सरकारलाई अनुरोध गरिने महानगरले बताएको छ । यदि ५० प्रतिशत अस्पतालहरु भरिएपछि आपतकाल लगाउन अनुरोध गर्ने मापदण्ड पालन गर्ने हो भने आज या भोलि नै टोकियो सो अवस्थामा पुग्ने आँकलन गरिएको छ ।

अझै आपतकाल घोषणातर्फ भन्दा पनि, उच्च सतर्कता र प्रभावकारी रोकथामका उपायहरु अप्नाउँदै कोरोना संक्रमण कम गराउनेतर्फ लाग्नुपर्ने मन्त्री यामागीवाको भनाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार