टोकियो/जापान । सन २०२१ मा जापानको राजधानी टोकियोबाट ४ लाख १४ हजार ७ सय ३४ जनाले मानिसहरुले अन्यत्रै बसाई सरेको पछिल्लो एक रिपोर्टले देखाएको छ ।

कोरोना महामारी बढ्न थालेपछि,राजधानी टोकियोबाट बाहिरिनेहरुको संख्यामा बृद्धि भएको हो । कोरोना संक्रमणको सुरुवातसंगै पटक/ पटक भएको अर्धआपतकाल तथा आपतकालले अधिकांस कम्पनीहरुले टेलिवर्क सुरुवात गरे, जस्का कारण मानिसहरु काम गर्न कम्पनीनै पुग्नु पर्ने वाध्यता रहेन । यसका अलवा कोरोना महामारी बढेसंगै टोकियोका अधिकांस आकर्षण केन्द्रहरु- बार/रेस्टुरेन्ट, क्लब, खाराओके,थिमपार्क जस्ता स्थानहरु पनि आंसिक तथा पुर्णरुपमा बन्द भए जसले मानिसहरुलाई टोकियोनै बस्नुपर्ने कारणहरु कम हुँदै गयो । यि विविध कारणहरुले टोकियोबाट बाहिरिने मानिसहरुको संख्या सन २०१४ पछिकै अधिक रहेको बताईएको छ ।

टोकियोबाट बाहिरिनेहरु, साईतामा, खानागावा तथा चिबा क्षेत्रमा बढि गएका छन् । यसो हुनुमा टोकियोसंगै जोडिएका तर भिडभाड कम तथा तुलनात्मकरुपमा सस्तो स्थान खोजेको अनुमान गर्न सकिन्छ ।

यसक अवला टोकियोबाट अलि पर रहेको यामानाशी,ईबाराकी, गुन्मा लगायतका प्रान्तहरुमा सर्नेहरु पनि विगतका तुलनामा बढेका छन् । कोरोना महामारी पछि जापानका झण्डै २० प्रतिशत कम्पनीहरुले अनलाईनबाटै कामकाज गराउँदै आएका छन् । जसले मानिसहरुलाई जहाँबसेपनि फरक परेन र टोकियो छाड्न सहज भएको विश्लेषण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार