टोकियो/जापान।जापानले, ओमिक्रोन भेरियन्ट संक्रमण नियन्त्रणका लागि नवप्रवेशीहरुलाई प्रतिबन्ध गरेको भएतापनि त्यसका बाबजुद पनि फेब्रुअरी ( यस ) महिना करबि ४ सय जना विदेशी विद्यार्थीहरुलाई जापान प्रवेश अनुमती दिईने तयारी गरेको बताईएको छ ।

कोभिडका कारण नवप्रवेशीहरुका लागि जापानको सीमा प्रतिबन्ध हुँदा जापानमा अध्ययनका लागि आउन चाहने लाखौँ विद्यार्थीहरुको शैक्षिक भविष्यनै अन्यौल बन्दै आईरहेको छ । यसैबिच गत महिनाको उत्तरार्धतिर, सरकारी खर्चमा जापानका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि आउने तयारीमा रहेका तर प्रतिबन्धका कारण आउन नपाएका, तत्काल भौतिक कक्षा जरुरी भएका ८७ जना विदेशी विद्यार्थीहरुलाई जापान प्रवेश गराउने जापान सरकारले बताएको थियो ।

कोरोनाका कारण सीमा बन्दगरी नवप्रवेशीहरुलाई रोक्नु, अव्यवहारिक भएभन्दै विश्वभरबाट जापानको आलोचना भईरहँदा अहिले पछिल्लो पटक, फेरि यो फुब्रुअरी महिना( सरकारको सीमा प्रतिबन्ध कायम रहँदै) मा करिब ४०० जना विदेशी विद्यार्थीहरुलाई जापान प्रवेश दिने खुलासा भएको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् ।

ति प्रवेश पाउने विद्यार्थीहरु कुन/कुन मुलुकका हुन् ? कस्तो अवस्थामा उनिहरुलाई प्रवेश गराउन लागिएको लगायतका विषयमा भने विस्तृत खुलाईएको छैन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार