जापान । अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. ३ फ्रसवा निवासी विमला गौतमको औषधी उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
समाजका कोषाध्यक्ष टोप बहादुर घर्तीमगरको संयोजकत्व र दिल प्रसाद श्रेस्ठको सह-संयोजकत्वमा अभियान संचालन गरेको थियो ।अर्घाखाँची समाज जापानको बिशेष पहल रहेको अभियानमा जापानमा रोजगारी गर्दै आउनु भएका विभिन्न क्षेत्रका महानुभावहरुले २ लाख ४ हजार ५५ यन रकम संकलन गरेको समाजका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

उक्त संकलित रकम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिव विनोद गैर मार्फत आज विमला गौतमको घर मै पुगेर से रकम गैरेले हस्तान्तरण गर्नुभएको हो । समाजले आफ्नो स्थापानाकाल देखी नै जिल्लामा समस्या पर्दा आफुहरूले हरेक पटक सहयोग गरेको र यो पटक पनी बिरामी बीमाला गौतमको आर्थिक अबस्था नाज़ुक भएकोले सहयोग अभियान संचालन गरीएको अध्यक्ष थापाले जानकारी दिनु भयो ।२९ वर्षिय विमला गौतम विगत केहि समय देखि पाठेघरको क्यान्सर रोगवाट पिडित हुनुहुन्छ र निजको घरायसी अवस्था अत्यान्तै नाजुक रहेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष देव बहादुर के.सी.ले विमलाको उपचारको लागि वडावाट हुने हरेक सहयोग गर्न तत्पर रहेको बताउनुभएको थियो । हस्तान्तरण कार्यक्रममा रकम हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका सचिव विनोद गैरेले जापानवाट आफ्नो खाने गास काटेर विमला गौतमको उपचारको लागि रकम संकलन गर्न अग्रसर हुने र आर्थिक सहायता गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै विमला गौतमको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो । कार्यक्रमका ग्लोवल आई.एम.ई. बैक अर्घाखाँचीका शाखा प्रमुख प्रल्हाद न्यौपाने, मुमाराम गैरे समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




