गुन्मा/जापान । जापानको गुन्मा प्रान्तको ईसेसाकी सहरमा अवस्थित एक फ्यामिली मार्ट ( कन्विनिएंस स्टोर)मा लुटपाट भएको छ ।

जापानी संचार माध्यमहरुका अनुसार यहि, फेब्रुअरी ५ तारिख बिहान करिब ४ः३० पछि ३ जना मानिसहरु उक्त पसलमा पसेर, त्यहाँको कर्मचारीलाई चक्कु देखाएर करिब ५० हजार येन लुटिएको हो । ति लुटेराहरुको बारेमा हाल अनुसन्धान भईरहेको छ ।

प्रहरीका अनुसार,ईसेसाकी सहरको मियाकोमाचीमा रहेको फ्यामीलि मार्टमा ग्राहक बनेर प्रवेश गरेका ३ जना मानिसहरुले उक्त पसलमा कार्यरत पार्ट टाईम स्टाफलाई फलफुल काट्न प्रयोग हुने चक्कु देखाएर,धम्काएर नगद राखिने काउन्टरबाट पैसा निकालेर पसलबाट फरार भएका थिए ।

उक्त घटना घटेको समयमा अन्य ग्राहकहरु भने नरहेको बताईएको छ । ति लुटेराहरुले चक्कु देखाएर धम्काएको भए पनि कर्मचारीलाई कुनै क्षति नपुर्याएको बताईएको छ ।

यसरी लुटपाट गरि भागेका मध्ये एक जना करिब १ मिटर ८० सेन्टिमिटर अग्लो र अन्य दुईजना करिब १ मिटर ७० सेन्टिमिटर अग्लो , दुबैले सेतो मास्क, हुडसहितको कालो लामो बाहुलाको ज्याकेट, कालो लामो ट्राउजर र सेतो पहिरन लगाएको बताईएको छ ।

यो घटना, कोमागाता स्टेशनबाट करिब ३ किलोमिटर दक्षिण पुर्वमा रहेको, पसल तथा आवासीय क्षेत्रहरु भएको ठाउँमा अवस्थित कन्बिनीमा घटेको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार