टोकियो/जाापान । जापानमा हुनुहुन्छ ? पासपोर्ट( राहदानी) नबिकरण गराउने सोचमा हुनुहुन्छ ? तर मिति सकिन अझै केहि समस बाँकी भए हत्तार नगर्नुलहोला है ।
जापान स्थित नेपाली दुतावासले एक सुचना जारी गर्दै, अत्यावश्यक अवस्था बाहेकले पासपोर्ट नबिकरण नगर्न भनेको छ । यस्तो छ राजदुतावासको सुचना ।
विद्युतीय राहदानी (e-Passport) जारी गर्ने तयारीका लागि अत्यन्त जरुरी बाहेक अन्य अवस्थामा यन्त्रवाचक राहदानी (MRP) का लागि आवेदन लिने कार्य स्थगित गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभागले November 15, 2021 देखि विद्युतीय राहदानी जारी गर्ने कार्यको शुभारम्भ गरेको व्यहोरा विदितै छ । यस राजदूतावासबाट पनि निकट भविष्यमा यन्त्रवाचक राहदानीको सट्टामा विद्युतीय राहदानी (e-Passport) जारी गर्नका लागि तयारी भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।
अत्यन्त जरुरी कामका सिलसिलामा तत्काल विदेश यात्रा गर्नुपर्ने र राहदानीको वहाल अवधि समाप्त र हुँदा जापानको बसाई अवैध हुने (भिषा सकिएर) अवस्थामा बाहेक यन्त्रवाचक राहदानी (MRP) का लागि आवेदन लिने कार्य मिति २०७८।१०।२८ ( February 11, 2022) गतेबाट लागू हुने गरी स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ । राहदानीको म्याद समाप्त भएको अवस्थामा तुरुन्त नेपाल जानु परेमा यात्राअनुमतिपत्र (Travel Document) बनाएर जान सकिनेछ ।
विद्युतीय राहदानी (e-Passport) जारी गर्नका लागि आवश्यक तयारी पूरा भएपछि शुरु हुने मिति र प्रक्रियाका बारेमा यथाशीघ्र जानकारी गराइने व्यहोरा समेत अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास
टोकियो, जापान ।
मितिः २०७८।१०।२४
aure नेपाली राजदूतावास टोकियों
Fukukawa House B, 6-20-28, Shimomeguro, Meguro-ku, Tokyo 153-0064, TEL +81-3-3713-6241/6242, FAX +81-3-3719-0737 E-mail: contokyo@mofa.gov.np

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




