जापान ।जापानमा यहि फेब्रुअरी १० तारिख र ११ तारिख चिसो ठण्डी हावाको प्रवाहका कारण पुर्वि क्षेत्रहरुमा पनि हिमपात हुने पुर्वानुमान गरिएको छ । हाल जापानको होक्काईदो तथा किन्कि क्षेत्रका विभिन्न प्रान्तहरुमा भारी हिमपतका कारण जनजिवन प्रभावित भएका छन् ।

मौसम विज्ञान एजेन्सीका अनुसार, १० तारिख बिहिबारबाट कान्तो क्षेत्रमा ठण्डी हावाको प्रवाह हुनेछ । यो ठूलो क्षेत्रमा फैलिएर बहने ठण्डी हावाले कान्तो क्षेत्रका विभिन्न प्रान्तहरुमा भारी हिमपात हुने अनुमान गरिएको छ ।

हाल देखिएको ठण्डि हावाको प्रवाह कायम रहेको जापानको राजधानी टोकियोको २३ वटै वडाहरुमा पनि फेरि हिमपात हुनेछ ।टोकियोमा ४ वर्षपछि यस अघि जनवरीमा हिउँ परेको थियो । अत्यन्तै व्यस्थ स्थान भएकाले टोकियोमा अन्यत्रको तुलनामा सानै हिमपातले पनि धेरै क्षति पुर्याउने गर्दछन् । यस अघिको हिमपातमा कान्तो क्षेत्रमा मात्रै १२ सय भन्दा धेरै सडक दुर्घटनाहरु भएका थिए,ति घटनाहरुमा झण्डै २ सय जनाभन्दा बढि मानिसहरु अस्पताल नै भर्ना हुनुपरेको थियो ।

मौसम विज्ञान विभागले, हिमपातको पुर्वतयारी गर्नका लागि नागरिकहरुमा आग्रह गरेको छ । खासगरी सवारी साधन चलाउनेहरुलाई हिउँमा नचिप्लिने टायरको व्यवस्था गर्न तथा हिमपताको समयमा घर बाहिर निस्किन कठिन हुनसक्ने भएकाले आवश्यक सामग्रीहरुको जोहो गर्न भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार