टोकियो/जापान । आज( फेब्रुअरी १० तारिख) बिहानैदेखि जापानको कान्तो कोसिन क्षेत्रमा वर्षा तथा हिमपात सुरु भएको छ ।राजधानी टोकियोमा पनि केहि स्थानहरुमा हिउँ पर्न सुरु भईसकेको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार, आज साँझसम्म कान्तोका विभिन्न प्रान्तहरुमा १० सेन्टीमीटरसम्म हिउँ जम्मा हुनेछ । हिमपातका कारण साँझतिर सवारी आवागमन प्रभावित हुनसक्ने बताईएको छ ।

बिहानैदेखि कान्तो कोसिन क्षेत्र सिजुओका प्रान्तहरुमा बाक्लो हिमपात सुरु भईसकेको छ । आज साँझसम्ममा टोकियो लगायतका दक्षिणी कान्तो क्षेत्रमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार