A passenger arriving from overseas is welcomed by a quarantine agent at the arrivals hall of Haneda airport in Tokyo on November 8, 2021, as Japan eases border rules to allow business visitors amid the Covid-19 pandemic. (Photo by Charly TRIBALLEAU / AFP)

जापान ।जापान आउने प्रतिक्षामा लामो समयदेखि सकारात्मक समाचार पर्खेर बसेका विदेशी विद्यार्थी, प्रशिक्षार्थी कामदार र व्यवसायीक उदेश्यले जापान प्रवेश गर्न चाहनेहरुलाई मार्चबाट जापान प्रवेश खुलाउने भएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएसंग जापानले सम्पुर्ण नव प्रवेशीहरुलाई जापान प्रवेश प्रतिबन्ध गरेको छ ।यस महिनाको अन्त्यसम्म सिमा बन्द गरेको जापानलाई यस भन्दा बढी प्रतिबन्ध नबढाउन चौतर्फी आग्रह तथा दवाव बढिरहेको छ ।

मार्च महिनाबाट नवप्रवेशीहरुलाई यात्रा सहज बनाउने सरकारी निकायहरुले पनि अनौपचारिकरुपमा संकेत गरिरहेको समयमा आज जापानको आर्थिक दैनिक निक्केईले एक सामग्री प्रकाशन गरि, मार्च बाट दैनिक १ हजार जनाभन्दा बढीको दरमा नव प्रवेशीहरुलाई जापान प्रवेश दिने तयारी भएको खबर प्रकाशन गरेको छ ।

निक्केईमा प्रकाशित खबर सरकारी निर्णय होईन यद्यपी निक्केईले गरेको विश्लेषण र रिपोर्टहरु सरकारको आगमी निर्णयको निकट हुने गर्दछ । आज प्रकाशित उक्त खबरका अनुसार, मार्चबाट नवप्रवेशीहरुलाई सीमा खुला गरिने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार