टोकियो/जापान । सत्तारुढ दल लिब्रल डेमोक्रेटिक पार्टीको शिक्षा,संस्कृति,खेलकुद, विज्ञान र प्रविधि उपसमितिले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई यथासीघ्र जापान प्रवेश दिन सरकारलाई आग्रह गरेको छ ।
लिबरल डेमोक्रेटिक पार्टीको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि उमसमितिले ओमिक्रोन भेरियन्टको रोकथामका लागि विदेशीहरूको नयाँ प्रवेश प्रतिबन्ध गर्ने उपायहरूको सीघ्र समीक्षा गरि, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जापान प्रवेश गराउन सरकारलाई आह्वान गर्ने प्रस्ताव सँगै राखेको हो ।
जापान सरकार पछिल्लो समय विभिन्न निकायहरुबाट नवप्रवेशीहरुको लागि सीमा खुला गर्नका गरिएको आग्रह तथा सुझावहरुलाई मध्ये नजर गर्दै सीमा खुलाउने आन्तरिक तयारीमा जुटिरहेको छ । यसै क्रममा सत्तारुढ दल लिब्रल डेमोक्रेटिक पार्टीको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि उमसमितिले सरकारलाई यस्तो सुझाव दिएको हो । जापानको
लिबरल डेमोक्र्याटिक पार्टीको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयको उपसमितिको हिजो भएको बैठकमा अध्यक्ष तोमोहिरो यामामोतोले भने, “अन्तर्राष्ट्रिय विद्यार्थी जापानमा आउन नपाउँदा अन्य देश छनोट गर्न थालेका छन्, जसले जापानप्रतिको अन्तर्राष्ट्रिय नजर नकारात्मक बन्दैछ । कतिपय मुलुकहरुले जापानी विद्यार्थीहरूलाई समेत अन्तराष्ट्रिय एक्स्चेन्ज कार्यक्रमहरुमा अस्विकार गर्न थालेका छन्, यो राष्ट्रिय हितसँग सम्बन्धित समस्या हो”
उपसमितिले तत्काल हालका उपायहरूको समीक्षा गरी जापान प्रवेश गर्ने विदेशीहरुको दैनिक सीमालाई ध्यान नदिई अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उच्च प्राथमिकताका साथ जापान प्रवेश गर्न अनुमति दिन सुझाव दिएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




