फुकुओका/जापान । गत जनवरीमा जापानको फुकुओकामा निधन भएका सुजन वार्शिलाको परिवारवाई फुकुओका नेपाल सोसाईटीको नेतृत्वमा क्युसुका सकृय संस्था हरुले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् ।
गत जनवरी ७ तारिख शुक्रबारका दिन, जापानको फुकुओका शहरको साकुरा जापानिज भाषा स्कुलमा करिब ३ बर्ष अगाडि अध्ययनका लागि विधार्थी भिसामा आफ्नो सहित परिवारको सुनौलो भविष्य देखेर जापान आएका गोरखा जिल्ला, गोरखा नगरपालिका, वडा नम्बर १३ निवासी शिवहरी बर्सिलाका एक मात्र छोरा, बर्ष २३ का सुजन बर्सिलाको अकल्पनीय निधन भएको थियो । यो घटनाले सिंगो फुकुओका तथा जापान बासि समुदायमा ठुलो चोट पुगेको छ।
उक्त घटना हत्या गरिएको आशंका पनि भएकोले हाल छानबिन प्रक्रिया आगाडी बढिरहेको छ।यस घटनाले बर्शिलाको परिवार प्रति गहिरो समबेदना प्रकट गर्दै ,परिवारमा आर्थिक अवस्था जटिल रहेको र सहयोगको लागि अनुरोध समेत गरिएको हुनाले फ़ुकुओका नेपाल सोसाईटीको नेतृत्वमा बिभिन्न संघ संस्थाहरू एनआरएनए क्युसु , आजिया निहोंगो गाक्कोउ , आदीवासी जनजाती महासंघ क्युसु , सुदुरपश्चिम समाज क्युसु्, वाजिरो नेपाली सोसाईटी, किताक्युसु नेप्लिज वेल्फियर सोसाईटी, मोना क्युसु, नेपाल जापान फ्रेन्डशिप लाईन्स क्लब , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखा , लाइन्स क्लब काठमान्डौं फुकुओका, कुमामोतो नेपाली समाज,जापान तथा फुकुओका बासी नेपाली विधार्थी ,पेशाकर्मी , शिक्षक , व्यवसायि साथै बुद्धिजीवी वर्ग , स्वर्गीय वार्सिला ले काम गर्ने ठाउँका नेपाली तथा अन्य देशका साथीहरु ले फुकुओका नेपाल सोसाईटीको खातामा रकम पठाएका थिए ।
संस्थाका अनुसार, अभियान संचालन मितिबाट हस्तान्तरण सम्म आइ पुग्दा जम्मा ४,७१,५४४ येन संकलन भएको थियो । स्वर्गीय वार्शिलाको दाहासंस्कार जापानको फुकुओका स्थित एक शवदाह स्थलमा गरिएको थियो । उनको दाहासंस्कार गर्ने क्रममा फुकुओका नेपाल सोसाईटीको खाताबाट खर्च गरिएको रकम १७८,१०० जापानी येन लागेको थियो । जम्मा प्राप्त भएको कुल रकम ४,७१, ५४४ बाट खर्च १७८,१०० कटौती गरी बचत २९३ ४४४ जापानी येन परिवारलाई पठाईएको हो । पठाउँदा मितिको बिनिमयदर अनुसार नेपाली ३ लाख २ हजार ३ सय ९४ रुपैंया फुनेसो अध्यक्ष माधब सिग्देलको नामबाट स्वर्गीय सुजन बार्शिलाका बुवा शिव हरि वार्शिला को खातामा जापान रेमिट फाइनान्स फुकुओका बाट पठाइएको प्रवक्ता दिलेन्द्र जोशीले बताए l
स्वर्गीय सुजन वार्शिलाको आत्मको चिर शान्तिको कामना गर्दै परिवारलाई परेको क्षतिमा मलम लगाउने कोशिस मा सबैले हातेमालो गरेकोमा सोसाईटीका अध्यक्ष माधब सिग्देलले सहयोगी सबैलाइ धन्यवाद व्यक्त गरेका छन् ।
सहयोगीको नामावली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




