Self check-in machines for Japan Airlines are seen roped off at Tokyo's Haneda Airport on February 16, 2022, after a reported computer glitch caused delays around the country. (Photo by Kazuhiro NOGI / AFP)

टोकियो/जापान । जापानले अब जापान प्रवेश गर्नेहरुको क्वारेन्टिन अवधी हाल कायम ७ दिनबाट घटाएर ३ दिनमा ल्याउने तयारी गरिरहेको छ ।

क्रमिकरुपमा सीमा नियन्त्रणलाई खुकुलो बनाउने प्रयासस्वरुप यस्तो कदम चाल्न लागेको बुधबार सरकारी स्रोतलाई उद्धृत गर्दै जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् । यसले हाल कायम जापानको क्वारेन्टिन नितीलाई परिमार्जन गर्ने संकेत गरेको छ।

समाचारहरुका जापान सरकारले, अनुसार हाल कायम ७ दिनको क्वारेन्टिन अवधी,३ दिनमा झारिने तथा कोरोनाको ओमिक्रोन भेरियन्ट नफैलिएका मुलुकबाट आउने,कोरोनाको तेस्रो खोप लगाई सकेकाहरुलाई एयरपोर्ट परिक्षणमा कोभिड नदेखिए क्वारेन्टिन नै बस्न नपर्ने व्यवस्था कायम गर्नेबारे बिचार गरिरहेको छ।

यथासक्य छिटो, नवप्रवेशी विदेशीहरुलाई जापान प्रवेश गराउने आन्तरिक तयारीमा रहेको जापान सरकार विभिन्न सरोकारवालाहरु संग छलफलमा व्यस्थ रहेको छ । यहि क्रममा, दैनिक ५,००० जनासम्मलाई जापान प्रवेश गराउने गरि अघि बढेको छलफलमा क्वारेन्टिन अवधी घटाउने तथा हटाउने बारे पनि सोचिएको एनएचके अनलाईनले खबर प्रकाशित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार