जापान । कल्पना गर्नुस् कि,तपाईले कसैसंग बसेर उसको कुरा सुनिदिए वापत तथा संगै खाना खाईदिए वापत तलव पाउनु हुन्छ । झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ तर जापानका ३८ वर्षिय सोजी मोरीमोतो ३८ यस्तै गज्जबको जागिर गर्छन् ।

मोरीमोतोको पेशाको नाम नै ‘केही काम नगर्ने मान्छेलाई भाडामा लिनु’ रहेको छ । मोरीमोतोलाई काम दिनेहरूले उनलाई आफुसंगै खाना खुवाउने, किनमेल गरिदिने र काम दिनेसंगै डुलिरहने जस्ता गतिविधिहरु मात्र गराउन सक्छन् ।यसभन्दा बढी उनि केहि गर्दैनन् ।

उनले भनेका छन्, “म कुनै मिहिनेत गरी काम गर्दिनँ । म यसो फाट्टफुट्ट जवाफसम्म दिनेगर्छु । बस त्यति हो ”
मोरीमोतोलाई यस्तो काम मन पर्छ । तर, उनि यति सजिलो काममा पनि अझै थप सहजता खोज्छन् ।उनलाई मेहनतवाला काम मन पर्दैन । मोरीमोतोले सीबीएस स्याटर्डे मर्निङ(समाचार संस्था)लाई भनेका छन्, “म केही काम नगर्ने भनेर नै जागिर खान्छु । म कुराकानीसमेत आफैँ सुरु गर्दिनँ । कसैले केही सोधेमा छोटो जवाफ दिन्छु ।”

त्यसो भए मानिसहरुले उनलाई भाडामा किन लिन्छन् त ?
सबैलाई थाह भएकै कुरा हो, जापानमा मानिसहरु यति व्यस्थ र यन्त्रिकरण भएका छन् कि, उनिहरुसंगै बसेर गफ गर्ने आफ्ना सुख दुखका कुराहरु सुनाउने आफन्तहरु नै हुँदैनन् । त्यसैले त्यस्तै अवस्थामा रहेका मानिसहरूले उनलाई आफ्नो उदासीपनको बेला सँगै बसिदिएको, खाना खाइदिएको तथा जिवनमा आफुले गरेका राम्रा नराम्रा कुराहरु चुपचाप सुनिदिएको जस्ता गतिविधिका लागि पैसा दिएर भाडामा लिने गर्दछन् ।

मोरीमोतोले सन् २०१८ देखि यस्तो अस्वाभाविक काम गर्न थालेका हुन् । त्यतिबेला बेरोजगारको अवस्थामा उनले ‘डू नथिङ रेन्ट–अ–म्यान’ नाम ट्विटर एकाउन्ट खोलेका थिए ।
मोरिमोतोले सीबीएस न्युजलाई भनेका छन्, “यस्ता कामदार माग्ने मेरा ग्राहकहरू विभिन्न परिस्थितिका विविध व्यक्तित्वहरू देखेर आश्चर्य लाग्छ । केही मानिस धेरै एक्लो र नियास्रो महशुस गर्दछन् । कोही कतै एक्लै जान लजाउँछन्, कसैका साथ खोज्छन् ।”उनले दिनको तीनजनासम्म ग्राहकका यस्ता सजिलो काम गर्ने गरेको र अहिलेसम्म तीन हजार अर्डर पूरा गरिसकेको द इन्डिपेनडेन्टले जनाएको छ ।

उनी भन्छन्, “मैले चुपचाप कफी पिइदिने, कसैको कुरा सुनिदिने बर्थ डेमा केक सेयर गरिदिने, सँगै सपिङ र रेस्टुरेन्टमा गइदिने जस्ता काम पनि गरिसकेको छु । तर, मैले घर सफा गर्ने, लुगा धोइदिने, नग्न बसेर पोज दिने तथा कसैका साथि बनिदिने जस्ता अनुरोध भने स्वीकारेको छैन ।”

स्रोतःCBS News


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार