टोकियो/जापान ।जापानमा,सन २०२१ को मेडिकल स्कुल प्रवेश परिक्षामा पास हुने महिलाहरुको संख्या पुरुषहरुको भन्दा बढि भएको देखिएको छ । यसरी मेडिकल स्कुलको प्रवेश परिक्षामा पुरुषहरु भन्दा महिलाहरुको पास हुने संख्या धेरै भएको पहिलो पटक हो ।

जापान उच्च विकसित मुलुक भएपनि यहाँ महिला र पुरुषबिचको अपत्यारिलो लैँगिक असमानता कायम छ । तर पछिल्लो वर्षको यो पास दरले मेडिकल क्षेत्रमामा भने बिस्तारै लैंगिक असमानता हटेको संकेत गरेको छ । अघिल्लो वर्ष जापान भरका मेडिकल पढ्ने सुविधा भएका ८१ वटा विश्वविद्यालयहरुमा प्रवेश परिक्षा पास हुने महिलाहरुको दर १३.६० प्रतिशत कायम रह्यो भने पुरुषहरुको १३.५१ प्रतिशत रहेको थियो । यसरी यस्तो किसिमको डेटाहरु राख्न थालेदेखि पहिलो पटक मेडिकल प्रवेश परिक्षा पास हुने महिलाहरुको संख्या बढि देखिएको बताईएको छ ।

यस अघि, जापानमा मेडिकल अध्ययन संकायहरुमा महिलाहरुको भर्ना संख्या सिमित गरेका कारणले पुरुषहरुको तुलनामा कम हुँदै आएको हो कि भन्ने आँकलहरु पनि गर्ने गरिन्थ्यो तर सन २०२१ को अप्रिलमा सुरु भएको शैक्षिक वर्षको लागि महिलाहरुको संख्या बढेपछि, त्यो आशंका निराकरण भएको सरोकारवालाहरुको दावी छ ।

सर्वेक्षणको नतिजा अनुसार, सन २०२१ मा मेडिकल संकायमा पढ्न चाहने ६२ हजार ३ सय २५ जना पुरुषहरु मध्ये ८ हजार ४ सय २१ जना प्रवेश परिक्षा पास भए भने, ४३ हजार २ सय ४३ जना महिलाहरु मध्ये ५ हजार ८ सय ८० जना उतिर्ण भए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार