टोकियो/जापान । महिलाहरुको १ हजार वटाभन्दा धेरै भित्री वस्त्रहरु चोरेको अभियोगमा एक जना जापानी पक्राउ परेका छन् । एक बेरोजगार ४९ वर्षिय पुरुषको घर तथा सवारी साधनबाट १ हजार वटा जति महिलाहरुको भित्रि वस्त्र(ब्रा, पेन्टी, समिज आदि) फेला परेको हो ।

जापानमा यस्तो प्रकारको घटना नौलो भने होईन । समय समयमा यस्ता अपत्यारिला आपराधिक गतिविधिहरु हुनेगर्दछ ।यद्यपी यस्ता भित्रि वस्त्रहरु किन चोरिन्छ भन्ने ठोस जवाफ भने खासै भेटिएको देखिँदैन । तर महिलाहरुले धोएर सुकाएको ठाउँ तथा सार्वजनिक लण्ड्रीहरुबाट चोरि हुने गर्दछ ।

प्रहरीका अनुसार जापानको कुमामोतो प्रान्तको एक सार्वजनिक लण्ड्रीबाट महिलाहरुको अन्डरवेयर लगायतका १० वटा कपडाहरु चोरी गरेको अभियोगमा पक्राउ गरिएको ४९ वर्षिय सुगियामा काजुयोशिको घरमा १ हजारन्दा बढि संख्यामा महिलाहरुको भित्री वस्त्र भेटिएको हो ।

अनुसन्धानको क्रममा उनले फुकुओका तथा कुमामोतो प्रान्तका विभिन्न स्थानहरुमा चोरी गरेको स्विकार गरेका छन् । उनिसंग भेटिएको १ हजार जति त्यस्ता वस्त्रहरु जफत गरि थप अनुसन्धान अघि बढाईएको समाचारमा जनाईएको छ । जापानमा यस्ता घटनाहरु विभिन्न सहरहरुमा घट्ने गर्दछ । भुँई तल्लामा बस्ने महिलाहरु अक्सर यस्ता घटनाबाट पिडित हुने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार